बकैया स्थित ईलाका प्रहरी ठिंगनको कार्यालय भवन उद्घाटन

हेटौंडा खबर
२ चैत्र २०७८, बुधबार १४:१२

मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १२ मा रहेको ईलाका प्रहरी कार्यालय ठिंगनको नव निर्मित कार्यालय भवनको बुधबार उद्घाटन गरिएको छ ।

कार्यालय, व्यारेक तथा भान्साघरको उद्घाटन बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनालले गरेका हुन् । भवन उद्घाटन गर्दै मन्त्री खनालले प्रहरीलाई शान्ति सुरक्षा कायम गर्न सजिलो भएको बताए ।

भवन निर्माणले प्रहरीको मनोबल उच्च भएको बताउदैं ठिंगन क्षेत्रको शान्तिसुरक्षामा थप बल पुगेको बताए ।बागमती प्रदेश सरकारको विनियोजित बजेटबाट आ।व।२०७५र०७६ मा बागमती प्रदेशमा पहिलो चरणको ४६ वटा प्रहरी इकाईहरुको निर्माणकार्यको थालनी भएको थियो । जसमध्ये यस कार्यालय ३९ औं भवन अन्तरगत पर्दछ ।

प्रहरी प्रधान कार्यालय भौतिक पुर्वाधार निर्देशनालयबाट २ करोड ८१ लाख ३३ हजार ८२३ रुपौयाँको लागतमा भुकम्प प्रतिरोधात्मक भवन निर्माण भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । हाल सम्म ३९ वटा निर्माण सम्पन्न भई ३७ वटा उद्घाटन भएको एक वटा प्रहरी इकाई उद्घाटन गर्न बाकीँ रहेको बताइएको छ ।

साथै एउटा भवन चैत्र मसान्तमा र बाकी ५ वटा बैशाख मसान्तमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको समेत जनाएको छ ।ईलाका प्रहरी कार्यालय ठिंगन मकवानपुरको कार्यालय र ब्यारेक भवन आफ्नै २ रोपनी जग्गामामा निर्माण गरिएको छ ।

नवनिर्मित कार्यालय तथा ब्यारेक भवनको भुई तल्लामा कार्यालय प्रयोजनको निमित्त ५ वटा कोठाहरू र शौचालय सुविधा सहितको २ वटा महिला तथा पुरुष हिरासत कक्षहरू रहेका छन् ।

कान्तिलोकपथ अन्तरगत पर्ने उक्त भवन उद्घाटन कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, बागमती प्रदेश सरकारका सचिव रुद्र सिंह तामाङ, जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाशजंग कार्की, प्रहरी उपरिक्षक सुरेन्द्र बहादुर गुरुङ, सशस्त्र प्रहरीका एसपी रणबहादुर कार्की लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*