हेटौडाका गीतकार किसन सुबेदीको ‘शिरमाथि शिरफूल’ सार्वजनिक

हेटौंडा खबर
२ चैत्र २०७८, बुधबार १४:१७

हेटौंडाका गीतकार किसन  सुवेदीको म्युजिक भिडियो ‘शिरमाथी शिरफूल’ सार्वजनिक गरिएको छ ।

एस् डी योगी र अस्मिता अधिकारीको आवाज रहेको गीतलाई आर्ट बक्स प्रोडक्सनको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको छ । गीतको शब्द किसन  सुवेदीको रहेको छ भने लय सिर्जना गायक योगीको रहेको छ । छवि लाल तामाङ (शिशिर) को निर्देशन रहेको भिडियोलाई उज्ज्वल जोशी र नवराज उप्रेतीले संयुक्तमा खिचेका हुन् । मनोज कार्कीले भिडियोको सम्पादन गरेका हुन् ।

भिडियोमा नायिका आँचल शर्मा र कलाकार विज्ञान लाई फिचर गरिएको छ । भिडियोमा सुनिल छेत्रीको कोरीयोग्राफी देख्न सकिन्छ । सार्वजनिक गीतलाई निर्देशक छविलालले मेहनत गरेर कलात्मक शैलीमा प्रस्तुत गरेका छन् ।

पछिल्लो समय आर्ट बक्स प्रोडक्सनले नयाँ कलाकार , गायक र सङ्गीतलाई प्रवर्द्धन गरिरहेको छ । भिडियोलाई प्रशान्त राज मालाकार र विज्ञानले मिलेर निर्माण गरेका हुन्

यसमा तपाइको मत

Your email address will not be published.


*