मकवानपुरको भीमफेदीमा बर्डफ्लु देखिएपछी कुखुराहरु नष्ट

हेटौंडा खबर
२ चैत्र २०७८, बुधबार १५:०९

मकवानपुरको भीमफेदी गाउँपालिकामा बर्डफ्लु देखिएपछी कुखुराहरु नष्ट गरिएको छ । गाउँपालिकाको आापचौरस्थित लीला थिङको खोरमा रहेका विभिन्न प्रजातिका कुखुरामा बर्डफ्लु पुष्टि भएसँगै त्यसक्षेत्रका सम्पूर्ण कुखुरा नष्ट गरिएको हो ।

बर्डफ्लु पुष्टि भएको थिङ र आसपासमा रहेका अन्य खोरको ३ सय १८ वटा कुखुरा, ८१ केजी दाना र १५ वटा अण्डा नष्ट गरिएको भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाका कार्यालय प्रमुख डा. ब्रजकिशोर ठाकुरले जानकारी दिए ।

मकवानपुरमा सोमबार वर्डफ्लु पुष्टि भएको थियो । बर्डफ्लु पुष्टि भएपछी जिल्ला प्रशासन कार्यालयले संक्रमित क्षेत्र नियन्त्रणमा लिई दुईदिन लगाएर कुखुरा नष्ट गरिएको हो ।

बर्डफ्लु पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले नियन्त्रणको प्रयास अघि बढाएको थियो । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा बसेको बर्डफ्लु नियन्त्रण समितिले तीन बुँदे निर्णय समेत गरेर जिल्लामा बर्डफ्लु फैलिन नदिन कडाई गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*