नेप्से १९ अंकले घट्यो

हेटौंडा खबर
२ चैत्र २०७८, बुधबार १५:४६

शेयर बजार मापक सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधवार १९.६५ अंकले घटेको छ । शेयर बजार ०.७४ प्रतिशतले घटेर २६३१.३२ बिन्दुमा झरेको छ । बजार घटेसँगै कारोबार रकम साढे दुई अर्ब रूपैयाँको मात्रै भएको छ ।

आज २३१ कम्पनीको ४९ लाख ६७ हजार कित्ता शेयरको ३७ हजार पटक कारोबार भएको छ । यसबाट २ अर्ब ५७ करोड रूपैयाँको कारोवार भएको छ ।

बजार घटेको दिन सबैभन्दा बढी कमाउनेमा इमर्जिङ नेपाल लिमिटेड रहेको छ । यो कम्पनीको आज शेयर मूल्य ९.९८ प्रतिशतले बढेर ४७२ रूपैयाँ पुगेको छ । मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले पनि ६.१३ प्रतिशतले कमाएका छन् । आज कमाउने सूचीमा सोल्टी होटल, ओरियन्टल होटल, नेपाल फाइनान्सका लगानीकर्ता छन् । उनीहरूले २.८४ देखि ४.२२ प्रतिशतसम्म कमाए ।

आज गुमाउनेमा भने युनाइटेड आईडीआई मार्दी आरबी हाइड्रोपावर, नेपाल टेलिकम, शिवश्री हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, लिबर्टी इनर्जी कम्पनीका लगानीकर्ता छन् । उनीहरूले २.६६ देखि ४.९२ प्रतिशतसम्मले गुमाएका छन् ।

आज पनि सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको १६ करोड ३६ लाख रूपैयाँको भएको छ । यो कम्पनीको शेयर मूल्य समायोजन हुने भए पनि हिजो पनि यसको सबैभन्दा बढी रकमको शेयर कारोबार भएको थियो ।

सबैभन्दा बढी कित्ता शेयरको किनबेच हुनेमा भने सोल्टी होटलको २ लाख ७३ हजार कित्ता रहेको छ । आज होटल, निर्जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको सूचक उपसमूहको सूचक भने घटेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*