पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्दै

हेटौंडा खबर
२ चैत्र २०७८, बुधबार १५:५८

रुस–युक्रेनबीचको तनाबका कारण भारतले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार नेपाल आयल निगमले विज्ञप्ति जारी गर्दै भारतबाट पेट्रोलियम पदार्थको भाउ बढेर आएको जानकारी दिएको हो ।

निगमका अनुसार बुधबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६.३७ रुपैयाँ, डिजेल २४.४९ र हवाई इन्धन १८.८९ रुपैयाँ बढेर आएको छ ।

भारतबाट वृद्धि भएर आएको मूल्यसँगै निगमलाई १५ दिनमा करिब ५ अर्ब ३० करोड घाटा हुने स्थिति देखिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। तर, उपभोक्ताका लागि बेच्ने मूल्यमा भने कुनै सूचना दिएको छैन ।

नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ३२.८१, डिजेलमा ३६.४४ रुपैयाँ घाटा हुने देखिएको निगमले विज्ञप्तिमा भनेको छ । यद्यपि,मट्टितेल, हवाइ इन्धनमा भने निगमलाई घाटा छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*