मकवानपुर प्रहरीद्वारा एक लाख रुपैयाँसहित ५ किलो अफिम बरामद

हेटौंडा खबर
२ चैत्र २०७८, बुधबार १८:१५

मकवानपुर प्रहरीले ५ किलो लागूऔषध अफिमसहित एक लाख रुपैया बरामद गरेको छ ।

बुधबार विशेष सूचानको आधारमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको विशेष टोलीले जिल्लाको कैलाश गाउँपालिका वडा नं. ७ रतुवा स्थित  तामलाङबाट अफिम बरामत गरेको हो ।

तामलाङबाट मनहरी तर्फ आउदै गरेको Ontest २२० सि.सि.को पल्सर मोटरसाईकललाई रोक्न खोज्दा मोटरसाइकल र झोला छोडि व्यक्ति फरार भएपछी झोला चेकजाँच गर्दा झोला भित्र ५ किलो अफिम जस्तो देखिने पदार्थ र नगद एकलाख फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

फरार व्यक्तिको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*