मकवानपुर प्रहरीद्वारा ९० बिगाह अफिम खेति फडानी

हेटौंडा खबर
२ चैत्र २०७८, बुधबार १८:१८

अफिम खेति फडानी अभियानलाई निरन्तरता दिएको मकवानपुर प्रहरीले आजसम्म ९० बिगाहा लागूऔषध अफिम खेति फडानी गरेको छ ।

गत फागुन ३० गतेदेखि प्रहरी प्रधान कार्यालय लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ, बागमती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुर, मातहत कार्यालयबाट संयुक्त रुपमा खटिएको ६३ जनाको प्रहरी टोलिले बुधबारसम्म ९० बिगाहमा लगाइएको अफिम खेति फडानी गरेको हो ।

मकवानपुर राक्सिराङ गाउँपालिका वडा नं. ४ अन्तर्गत राक्सिराङ, मान्छामुन्टी, जैसिङटार, मानछाप, छापडाँडा र वडा नं. ५ अन्तर्गत बमकिङ, लाफर ,७,८,९ नम्बर वडा र कैलाश गाउँपालिकाको ४,७र ८ मा लगाएको अबैध लागुऔषध अफिम खेती फडानी गरी नष्ट गरेको प्रहरीले जनाएको छ ।

विशेष गरि मकवानपुरको विकट मानिने राक्सिराङ, कैलाश र मनहरी गाउँपालिका लगायतका विभिन्न स्थानमा गाँजा र अफिमको खेति मौलाउने गर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*