पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

हेटौंडा खबर
४ चैत्र २०७८, शुक्रबार १५:४३

नाबालिगमाथि बलात्कारको अभियोग लागेका अभिनेता पल शाहलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ ।

जिल्ला अदालत तनहुँका स्रेस्तेदार मीन बहादुर कुँवरले शाहमाथि अनुसन्धानका लागि  अदालतले थप ५ दिनको समय प्रदान गरेको रातोपाटीलाई जानकारी दिए । फागुन १५ गते पक्राउ परेका शाहमाथि यसअघि नै दुई पटक म्याद थप भइसकेको छ ।

पछिल्लो पटक थप गरिएको म्याद शुक्रबार सकिँदै थियो । तनहुँ जिल्ला अदालतले दोस्रोपटक फागुन २२ गते १२ दिनको समय दिएर शाहमाथि अनुसन्धानको समय दिएको थियो ।

तर यही बीचमा नवलपुरमा दर्ता भएको जबरजस्ती करणीको मुद्दामा अनुसन्धानका लागि फागुन २४ गते पल शाहलाई नवलपुर लगिएपछि तनहुँ प्रहरीले अनुसन्धानको बाँकी काम गर्न सकेको छैन । जसकारण पल शाहमाथिको अनुसन्धान अझै नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँ स्रोतले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*