एमालेले कसरी छान्दैछ स्थानीय तहका उम्मेदवार

हेटौंडा खबर
७ चैत्र २०७८, सोमबार ११:५४

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पोलिटब्युरो बैठक बस्दैछ । बैठक केही बेरपछि बबरमहलस्थित कार्की बैंक्वेटमा बस्न लागेको हो ।

आजको बैठकमा स्थानीय तहका उम्मेदवार कसरी छान्ने ? स्थानीय निर्वाचनमा एमालेलाई जित निकाल्नका लागि कस्ता रणनीति बनाउने ? उम्मेदवार छनोटको रणनीति कस्तो बनाउने भन्ने विषयमा छलफल हुने पोलिटब्युरो सदस्य ठाकुर गैरले फरकधारलाई बताए ।

साथै, बैठकमा निर्वाचन घोषणापत्रको बारेमा पनि छलफल हुने बताइएको छ । एमाले पोलिटब्युरोमा ९९ जना छन् । स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै एमालेले पनि त्यस केन्द्रित छलफललाई तीव्रता दिएको छ ।

सरकारले आसन्न स्थानीय तह निर्वाचन ३० वैशाखमा हुने यसअघि नै घोषणा गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*