एमालेले कुनै पार्टीसँग तालमेल गर्दैन

हेटौंडा खबर
७ चैत्र २०७८, सोमबार १३:२८

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी निर्वाचनमा राष्ट्रियस्तरमा कुनै पार्टीसँग चुनावी तालमेल नगर्ने भएको छ।

आगामी निर्वाचनबारे छलफल गर्न बोलाइएको पोलिटब्युरो बैठकअघि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रियस्तरमा कुनै दलसँग चुनावी तालमेल नगर्ने प्रष्ट पारेका हुन्।

सचेतक भट्टराईले भने, ‘एमाले एकदम स्पष्ट छ। हाम्रो पार्टीले यो स्थानीय तहको चुनावमा राष्ट्रियस्तरमा कुनै पनि पार्टीसँग गठबन्धन गर्दैनौँ। एमाले एक्लै लड्छ। स्थानीय तहमा आवश्यकताअनुसार कार्यगत एकता हुन्छ। तर, राष्ट्रियस्तरमै कुनै दलसँग तालमेल गर्दैन।’

यसमा तपाइको मत

Your email address will not be published.


*