पाहाडी जिल्लाको मौसम सामान्य बद्ली

हेटौंडा खबर
७ चैत्र २०७८, सोमबार १४:०४

काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रको मौसम सामान्य बद्ली भएको छ । बिहान घाम लागे पनि अहिले मौसम बद्ली भएको छ।

पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव परेका कारण पहाडी क्षेत्रको मौसम सामान्य बद्ली भएको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँकाअनुसार आज दिउँसोपछि पहाडी क्षेत्रका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना छ।

विशेषगरी सुदूरपश्चिम प्रदेश र प्रदेश-१ का पहाडी क्षेत्रमा पानी पर्ने अनुमान छ । भोलि पनि प्रदेश-१ का पहाडी क्षेत्रका एक/ दुई ठाउँमा हल्का पानी पर्ने मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो। तराईका जिल्लाको मौसम भने सामान्यतया सफा रहेको मौसमविद्ले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*