बिमस्टेक सम्मेलनमा प्रधानमन्त्री नजाने

हेटौंडा खबर
७ चैत्र २०७८, सोमबार १५:१३

हुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को पाँचौँ शिखर सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवा नजाने भएका छन् । मन्त्रिपरिषद् बैठकले बिमस्टेकमा प्रधानमन्त्री देउवा भर्चुअलमै सहभागी हुने निर्णय गरेको हो ।

श्रीलंकाको कोलोम्बोमा चैत १६ मा आयोजना हुने बिमस्टेक सदस्य राष्ट्रहरुको पाँचौ शिखर सम्मेलनमा भाग लिन परराष्ट्र मन्त्री खड्का श्रीलंका जाने भएका हुन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले श्रीलंका जाने प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दीए ।

यसअघि सम्मेलनमा प्रधानमन्त्री देउवा सहभागी हुने जनाइएको थियो।पाँचौ बिमस्टेक शिखर सम्मेलनमा बिमस्टेक बडापत्रलगायत अन्य दस्ताबेजहरुमा नेपालको तर्फबाट हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*