शेयर बजार १८ अङ्कले बढ्यो, एनटीसीकाे शेयर लगातार घट्दै

हेटौंडा खबर
७ चैत्र २०७८, सोमबार १५:५२

शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज साेमवार १७ दशमलव ९९ अङ्कले बढेर दुई हजार ६ सय ३४ दशमलव ५७ विन्दुमा पुगेको छ ।

आज होटल र अन्य समूहबाहेक अरू सबै समूहको शेयर बढेकोमा विकास बैंक, बीमा, फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले बढेको छ । आज दुई सय ३१ वटा कम्पनीकाे ५१ लाख ८९ हजार कित्ता शेयर दुई अर्ब ५९ करोड २७ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनी (एनटीसी) को २० करोड ९४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि एनटीसीको शेयर झन्डै तीन प्रतिशतले घटेको छ । एनटीसीको शेयर लगातार घटिरहेको छ । चैत १ गते एनटीसीको शेयर प्रतिकित्ता एक हजार ६ सय ४८ रुपैयाँमा कारोबार भएकोमा आज एक हजार पाँच सय ६९ रुपैयाँमा झरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*