हेटौंडाको स्कुलरोडमा परेको भ्वाङ कसले पुर्छ सरकार ?

हेटौंडा खबर
७ चैत्र २०७८, सोमबार २१:२२

हेटौंडा उपमहानगरपालिका -४ स्कुल रोड निकै व्यस्त सडक मध्यको एक हो ।

त्यसो त एक साइडमा २ पाङ्ग्रे सवारी पार्किङ गरिदा साँघुरो सडक झन् साँघुरो हुन्छ ।

केही दिन अघि यो सडकमा अचानक भ्वाङ  परेको छ । व्यस्त सडकको बिचमै पिच भासिएको छ । यो सडक ओभर लेइङ कालोपत्रे गरेको धेरै समय भएको छैन, तर बिचमै सडक भासिएर खाल्डो परेको छ ।

यसो हुदा पनि आज सम्म यो भ्वाङमा कसैको ध्यान गएको छैन, जस्ताको त्यस्तै छ । हेर्दा सानो समस्या देखिएपनि यसले दुर्घटना निम्त्याउने खतरा छ ।

अर्को तर्फ यो भ्वाङले हेटौंडा उपमहानगरपालिका गिज्याईरहेको छ । उपमहानगरको बजारकै मुख्य सडकमा यस्तो बिजोग हुदा खाल्डो पुर्न यहाँको स्थानीय सरकारले सकेको छैन ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*