फेरी छ्याप्छ्याप्ती देखिन थाले हेटौंडामा अबैध इन्स्टिच्युट तथा कन्सल्टेन्सी

हेटौंडा खबर
७ चैत्र २०७८, सोमबार २२:१८

हेटौंडामा बिना दर्ताका इन्स्टिच्युट तथा कन्सल्टेन्सी छ्याप्छ्याप्ती देखिन थालेका छन् ।

विभिन्न पुर्व तयारि कक्षा, भाषा कक्षा तथा शैक्षिक परामर्श केन्द्रको रुपमा काम गर्ने यस्ता सस्था अबैधानिक रुपमा संचालन गरि विद्यार्थी ठग्न थालेको पाइएको छ ।

केहि समय अघि प्रदेश राजधानी हेटौंडामा करिव ३ दर्जन बढी इन्स्टिच्युट तथा कन्सल्टेन्सी थिए । हेटौंडाखबरले नियमित यसबारे समाचार प्रकाशन गरेपछि स्थानीय प्रशासनले अबैधानिक रुपमा संचालनमा रहेका यस्ता संस्थालाई कारवाही गरेको थियो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले सम्पूर्ण सस्थालाई संचालन अनुमति लिन आवस्यक मापदण्ड पुर्याएर दर्ता हुन आउन भनेपछि यहाँका अधिकांस सस्था दर्ता भएका थिए ।

तर कोरोनाले केहि समय थलिएपछि वैदेशिक भाषा शिक्षा अध्यन गर्ने विद्यार्थीको जमात बढ्दै गएपछि हेटौंडामा बिना दर्ताका यस्ता अबैधानिक इन्स्टिच्युट तथा कन्सल्टेन्सी छ्याप्छ्याप्ती खुलेका छन् । गल्लि गल्लीमा केहि कोठा भाडामा लिएर कन्सल्टेन्सीको काम गरिरहेका छन् ।

यस्ता सस्थाका कारण विद्यार्थी शिक्षामा ठगिने, वैदेशिक सुखद यात्राको प्रलोभनमा परि विद्यार्थीको मोटो रकम फस्नेलगायतका समस्या बारम्बार आईरहेका छन् ।

अबैध रुपमा खोलिएका इन्स्टिच्युट तथा कन्सल्टेन्सीले विभिन्न विषयका प्रवेश परीक्षा तयारी कक्षा र शैक्षिक परामर्शको नाममा विद्यार्थीहरुसँग लाखौं रकम असुल्ने गरेका छन् । केहि समय हेटौंडामा यस्ता अबैध इन्स्टिच्युट र कन्सल्टेन्सीको बिगबिगी कम थियो तर अहिले दर्ता नै नगरी यस्ता सस्था विद्यार्थी ठग्न छ्याप्छ्याप्ती खुलेका छन् ।

यस तर्फ प्रशासनको बेलैमा ध्यान जान जरुरी छ

 

यसमा तपाइको मत

Your email address will not be published.


*