गठबन्धन दलका नेताहरु फेरि बालुवाटारमा

हेटौंडा खबर
८ चैत्र २०७८, मंगलवार ११:४०

सत्ता गठबन्धनमा सामेल प्रमुख राजनीतिक दलका नेताहरु आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जुट्नुभएको छ ।

बिहान ८ बजेदेखि झण्डै १० बजेसम्म प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच कुराकानी भएको हो ।

आजको भेटवार्तामा मूलतः आगामी शुक्रबारदेखि हुन लागेको चिनियाँ विदेशमन्त्री वाङ यीको तीन दिने नेपाल भ्रमण र विभिन्न मुलुक तथा राष्ट्रसंघीय मिशनमा रिक्त रहेको राजदूत पूर्तिबारे छलफल भएको बालुवाटार स्रोतले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*