सुन तोलामा आठ सयले बढ्यो, फेरि एक लाखमाथि

हेटौंडा खबर
८ चैत्र २०७८, मंगलवार १२:५८

पाली बजारमा आज सुनको मूल्य बढेको छ। पछिल्लो केही दिनयता निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्य आज तोलामा आठ सयले बढेर एक लाखमाथि पुगेको छ।

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख तीन सय तोकिएको छ। यसअघि छापावाल सुन ९९ हजार पाँच सयमा कारोबार भएको थियो।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८०० कायम भएको छ।आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। अघिल्लो मूल्यको तुलनामा आज प्रतितोला २० ले बढेर एक हजार तीन सय ९५ कायम भएको छ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार नौ सय ३६ डलर आसपास कारोबार भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*