संघीय निजामती ऐन छिटो ल्याउन अध्यक्ष रावलको अपिल

हेटौंडा खबर
८ चैत्र २०७८, मंगलवार १३:२३

नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)का केन्द्रीय अध्यक्ष हरिबहादुर रावलले कर्मचारीको अधिकारका लागि संघीयताअनुकूलको संघीय निजामती ऐन छिटो ल्याउनुपर्ने बताएका छन्।

राष्ट्रिय कर्मचारी संगठन (निजामती) जुम्लाको पाँचौँ जिल्ला अधिवेशनमा जुम्ला आएका रावलले समायोजन विधेयकले कर्मचारीलाई अन्याय गरेको भन्दै संघीय निजामती ऐन ल्याउन सरकारलाई अपिल गरे।

समायोजन ऐन सरोकारवाला निकायसँग समन्वय नगरी अध्यादेशबाट ल्याइएकाले पूर्ण नभएको बताए । अब आउनुपर्ने संघीय निजामती ऐनले कर्मचारी समायोजन तथा सरुवाको विषयमा प्रस्ट्याउनुपर्नेमा समेत उनले जोड दिए।

अध्यक्ष रावलले सरुवा पहुँचको आधारमा नभई हरेक कर्मचारीको दुई वर्षमा सरुवा हुनुपर्छ भन्ने मानसिकता कायम गर्न नीतिगत व्यवस्था हुनुपर्ने आवश्यकतासमेत औँल्याएका छन्।

सेवा प्रवाहमा मुस्कानसहितको सेवा तथा सिर्जनात्मक काम गरेर कर्मचारीको नाम राख्न पनि उनले आग्रह गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published.


*