सत्तागठबन्धनका शीर्ष नेताहरूबीच भेटवार्ता, चुनावी तालमेलबारे छलफल

हेटौंडा खबर
८ चैत्र २०७८, मंगलवार १४:५५

सत्तागठबन्धनका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो।

मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा नेताहरूबीच चुनावी तालमेलबारे छलफल भएको बताइएको छ। बालुवाटार स्रोतका अनुसार आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनको विषय छिटो टुंगो लगाउनेबारे छलफल भएको हो।

प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले भने नियमित भेटअन्तर्गत मंगलबार नेताहरूबीच भेटवार्ता भएको जानकारी दिए। ‘नियमित भेटअन्तर्गत छलफल भएको हो। दुई–तीन दिनमा यस्तो भेट भइरहन्छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘समसामयिक विषयमा छलफल भएको हो।’

यसमा तपाइको मत

Your email address will not be published.


*