पपुवा न्युगिनीले नेपाललाई दियो १ सय ७४ रनको लक्ष्य

हेटौंडा खबर
८ चैत्र २०७८, मंगलवार १५:११

विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिदेशीय सिरिजअन्तर्गत आज जारी खेलमा पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई १ सय ७४ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङमा उत्रिएको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनाएको हो।

सुरुवाती ब्याटिङमा उत्रिएको पीएनजीका लागि कप्तान असाद भालाले ४५ रन बनाउँदा च्याड सोपरले २२, लेगा सिएकाले २०, सेसे बाउले १९, नोर्मन भनुवाले १८ र कबुवा मोरीले १७ रन जोडे।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले २/२ विकेट लिए। त्यस्तै, करन केसी, दीपेन्द्रसिंह ऐरी, पवन सर्राफ र आरिफ शेखले समान १ विकेट लिए।

नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।

यसमा तपाइको मत

Your email address will not be published.


*