१६ अंकले बढ्यो नेप्से

हेटौंडा खबर
८ चैत्र २०७८, मंगलवार १५:३८

साताको तेस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

नेप्से परिसूचक १६ दशमलव ०४ अंकले बढेर २ हजार ६ सय ५० दशमलव ७० अंकमा पुगेको छ । यस अघि साताको पहिलो दिन आइतबार दोहोरो अंकले बजार घटेको थियो भने सोमबार दोहोरो अंकले नै बढेको थियो ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.०६ अंकले बढेको छ । ‘क’ वर्गमा २५ वटा बैंक्सहित ३६ कम्पनीहरु रहेका छन् । नेप्से परिसूचक बढे पनि कारोबार रकम २ अर्ब ५१ करोडमा रोकिएको छ ।दिनभर ३६ हजार ७७२ कारोबारबाट २३५ धितोपत्रका ५३ लाख २९ हजार ९९३ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १७८ रुपैयाँ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*