हेटौंडामा मापसे गरी श्रीमान कुट्दा ज्यान गयो, श्रीमती प्रहरी नियन्त्रणमा

हेटौंडा खबर
८ चैत्र २०७८, मंगलवार २०:११

घर झगडाले उग्र रुप लिदा हेटौंडामा एकजनाको ज्यान गएको छ ।

मंगलबार साझ हेटौंडा उपमहानगरपालिका ३ स्थित जम्बुचौतारामा श्रीमान श्रीमती झगडा हुदा श्रीमानको मृत्यु भएको छ ।

मादकपदार्थ सेवन गरेकी ४१ वर्षीय अनिता विकले आफ्ना श्रीमानलाई विवादका क्रममा धकेल्दा उनि लडेर अचेत बनेका थिए । अचेत भएका ४३ वर्षका मित्रलाल सुनारलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्याइएको थियो । तर अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतककी श्रीमति अनितालाई प्रहरीले नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*