सुमार्गी ट्रष्टको सहयोग: मकवानपुरको मकरी वासीले पाए एम्बुलेन्स

हेटौंडा खबर
८ चैत्र २०७८, मंगलवार २१:२०

बिरामी परेका बेला निकै समस्या भोग्दै आएका मकवानपुरको मकरीवासीले एम्बुलेन्स पाएका छन् ।

मंगलबार माधवराज सुमार्गी ट्रष्टले मनहरी गाँउपालीका वडा नम्बर १ का जनतालाई एम्बुलेन्स सहयोग गरेको छ । यहाका स्थानीयलाई बिरामी हुदा मकरीबाट हेटौंडासम्म आउनका लागि निकै समस्या हुने गरेको थियो ।

माधवराज सुमार्गी स्मृती कोषका अध्यक्ष अजेयराज सुमार्गीले मनहरी १ का वडा अध्यक्ष शिव प्रसाद खनाललाई एम्बुलेन्सको साचो दिदै श्री शान्ति स्वबलम्बन बचत तथा ऋण सहकारी संस्था लि.लाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

वडा अध्यक्ष खनालको पहलमा एम्बुलेन्स सहयोग प्राप्त भएको हो  ।

श्री शान्ति स्वबलम्बन बचत तथा ऋण सहकारी संस्था चकरीको कार्यलयमा आयोजित एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा माधवराज सुमार्गी ट्रष्टका संरक्षक विश्वकान्ति कलावती, समाजसेवी एबं ब्यबसायी अस्मिता सुमार्गी, नेपाल उधोग बाणिज्य महासंघका केन्द्रिय सदस्य अरुणराज सुमार्गी, अंकिता सुमार्गी, बरिष्ठ साहित्यकार राधेश्याम लेकाली, नेपाली काग्रेस मकवानपुरका पुर्ब सभापति माईकल रामचन्द्र अर्याल, नेपाल निर्माण ब्यबसायी महासंघका पुर्बअध्यक्ष एबं काग्रेस नेता जयराम लामिछाने लगाएत बिभिन्न राजनितिक दलका प्रतिनिधिहरु सहकारीकर्मीको सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*