यी हुन् एमाले केन्द्रीय कमिटी बैठकका कार्यसूची

हेटौंडा खबर
९ चैत्र २०७८, बुधबार १३:४३

नेकपा (एमाले)को केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु भएको छ ।

बबरमहलस्थित एक बैंक्वेटमा बुधबार सुरु भएको बैठक बिहीबार पनि चल्नेछ । एमाले केन्द्रीय कमिटी बैठकमा दुई दिनमा छलफलका लागि ११ विषय कार्यसूचीमा राखिएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर बैठकमा छलफल हुने जानकारी दिएका छन् । उनले यी केन्द्रीय कमिटी बैठकपछि पार्टी पूर्णतः स्थानीय तहको निर्वाचनमा लाग्ने बताएका छन् ।

बैठकमा अध्यक्ष ओलीले प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । त्यस्तै प्रदेश कमिटी अध्यक्षहरूले पनि पार्टीको अवस्थाबारे ब्रिफिङ गर्ने तय भएको छ ।

एमाले केन्द्रीय कमिटीको कार्यसूची यसप्रकार छ :

  • रिपोर्टिङ
  • राजनीतिक प्रतिवेदन
  • विभागहरूको गठन
  • स्थानीय निर्वाचनको मापदण्ड र सिफारिस प्रक्रिया
  • घोषणापत्र तयारी
  • पार्टीको वार्षिक क्यालेन्डरको तयारी
  • पार्टी स्थापना दिवस
  • निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका
  • सचिवालयको बैठकका निर्णयहरुको अनुमोदन
  • लेखा तथा आर्थिक व्यवस्थापन विनियम
  • विविध

यसमा तपाइको मत

Your email address will not be published.


*