एमालेले चुनाव केन्द्रित मोबाइल एप सार्वजनिक गर्ने

हेटौंडा खबर
९ चैत्र २०७८, बुधबार १४:०१

नेकपा एमालेले स्थानिय तह निर्वाचन केन्द्रित गर्दै मोबाइल एप सार्वजनिक गर्ने भएको छ । आजबाट सुरु भएको पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले मोबाइल एप सार्वजनिक गरिने जानकारी गराए ।

‘नेकपा एमाले सिपीएन यूएमल एप हामीले तयार गरेका छौं,’ ओलीले भने, ‘त्यो एपबारे हामी बताउनेछौँ । हरेक जिल्लामा आइटी विज्ञको रूपमा ट्रेनिङ पनि हामी दिइसकेका छौं ।’

केन्द्रीय कमिटीको यस बैठकले स्थानिय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नका लागि संगठनात्मक, विचारात्मक र अरू पक्ष कसरी अगाडि बढाउने भन्नेबारे तय गर्ने ओलीले बताए । ‘जनपरिचालन कसरी गराउने ? भन्नेबारे यस बैठकले निर्णय गर्नुछ,’ ओलीले भने ।

उनले एमाले अहिले पनि देशको सबैभन्दा ठूलो राजनीतिक दल भएको दाबी गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*