विश्वभर कोरोना संक्रमितको संख्या साढे ४७ करोड नाघ्यो

हेटौंडा खबर
१० चैत्र २०७८, बिहीबार १२:०५

विश्वभर पछिल्लो २४ घण्टामा करिब १८ लाख नयाँ कोरोना संक्रमित थपिएका छन् ।

वल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर १७ लाख ९६ हजार ४१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै विश्वभर कोरोना संक्रमित हुनेको संख्या ४७ करोड ५९ लाख नाघेको छ ।

यस्तै सोही अवधिमा थप १३ लाख ३९ हजार ६१४ जना संक्रमण मुक्त भएका छन् । यो सँगै हालसम्म विश्वभर संक्रमण मुक्त हुनेको संख्या ४१ करोड १४ लाख ८० हजार ९४६ पुगेको छ । यस्तै पछिल्ला २४ घण्टामा मात्रै कोरोनाले ४ हजार ६७५ सयको मृत्यु भएको छ ।

यो सँगै कोरोना मृत्यु हुनेको कूल संख्या ६१ लाख २७ हजार ५२८ पुगेको छ । विश्वमा अझै पनि ५ करोड ८३ लाख बढी सक्रिय संक्रमित रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*