विद्युत् प्राधिकरणले भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा बिजुली किन्ने

हेटौंडा खबर
१० चैत्र २०७८, बिहीबार १३:५४

नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा विद्युत खरिद गर्ने भएको छ ।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बिहीबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएका हुन् ।उनले भने, ‘आजैदेखि भारु २० अर्थात ३८ रुपैयाँ नेपालीमा विद्युत खरिद गर्न प्रतिष्पर्धामा भाग लिँदैछ ।’

भारतले विद्युत आपूर्ति रोकेपछि मंगलबार साँझदेखि देशभरका औद्योगिक क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुँदै आएको छ ।यसअघि प्रतियुनिट भारु ७ मा नेपालले भारतसँग बिजुली खरिद गर्दै आएको थियो ।

मंगलबार र बुधबारको दुई वटा प्रतिष्पर्धामा नेपालले बोलकबोल गरेको भन्दा महँगोमा भारतीयले नै बिजुली किनेपछि नेपालतर्फको आपूर्ति रोकिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*