पलका म्यानेजर जोशीको बयान : नाबालिकासँगको सम्बन्ध थाहा भएपछि मेरो तलब दोब्बर बनाइयो

हेटौंडा खबर
१० चैत्र २०७८, बिहीबार १५:१३

नाबालिका गायिकामाथि बलात्कार प्रकरणमा तनहुँमा मुद्दा खेपिरहेका पल शाहका म्यानेजर कृष्ण प्रसाद जोशीले बयान दिएका छन् ।

उनले ती बालिका र पलसँगको सम्बन्ध थाहा पाएपछि आफ्नो तलब दोब्बर बनाएको बयान दिएका छन् । आफूले सुरुमा २५ हजार तलब पाउँदै गरेकोमा उक्त घटना थाहा पाएपछि आफूलाई दोब्बर तलब बनाएको बयान दिए ।

‘मैले पल शाह भन्ने पूर्ण बिक्रम शाहसँग मासिक रु२५,००० मासिक तलब लिई मेनेजरको जिम्मेवारी निर्वाह गर्दै आएको थिएँ । म शाहसँग अधिकांश समय सँगै हुने हुँदा पीडित नाबालिका र प्रतिवादी पूर्ण बिक्रम शाह बीच प्रेम सम्बन्ध रहेको कुरा मलाई थाहा थियो ।’ बुधबार जिल्ला सरकारी वकिलमार्फत अदालतमा दायर भएको अभियोग पत्रमा जोशीले दिएको बयानमा भनिएको छ ।

‘प्रतिवादी पूर्ण बिक्रम शाहले मलाई सम्पर्क गरी अब तिमीले मलाई सहयोग गर्नु पर्यो भन्दै मलाई मासिक तलबमा वृद्धि गरी दोब्बर पचास हजार रूपैयाँ तलब समेत दिई पुनः म्यानेजरको जिम्मेवारी दिएकाले मैले पीडित नावालिकालाई तिमीहरु एउटै क्षेत्रमा काम गर्ने हुँदा मिलेर जाउ, भविष्य राम्रो हुन्छ भन्दा पीडित पक्षले प्रहरीमा उजुरी गर्छ भनेकाले मैले पीडितको आफन्तलाई पीडित नावालिका के गर्छिन, कसो गर्छिन हामीलाई खबर गर तिमीलाई मैले गीतसंगितमा सहयोग गर्छ भनेको थिएँ ।’

उक्त प्रकरणमा जोडिएपछि पलले आफूलाई म्यानेजरबाट हटाएको समेत बयान दिएका छन् ।१६ वर्षीया नाबालिग बलात्कार प्रकरणमा मुछिएका अभिनेता पल शाह विरुद्ध जिल्ला अदालत तनहुँमा ११७ वटा प्रमाण तथा कागजात पेश गरिएको छ। सरकारी वकिलको तर्फबाट अदालतमा दायर भएको अभियोग पत्रमा प्रमाणको रुपमा ११७ वटा काजगपत्र पेश गरिएको हो । शाहविरुद्ध सबै अनुसन्धान सकेर चैत ८ गते अदालतमा मुद्दा गरिएको थियो । मुद्दामा उनीमाथि १४ वर्षको जेल सजाय मागदाबी भएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*