पत्नीसहित एमालेमा गए महराका पूर्व स्वकीय सचिव शर्मा

हेटौंडा खबर
१० चैत्र २०७८, बिहीबार १६:२६

नेकपा माओवादी केन्द्र दाङका नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा एमालेमा प्रवेश गरेका छन् ।

एमाले केन्द्रीय कमिटीको आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शर्मालाई एमालेमा प्रवेश गराएका हुन् ।शर्माले माओवादी केन्द्र परित्याग गरेसँगै एमालेमा प्रवेश गरेका हुन् ।

उनीसँगै उनकी पत्नी सीता चौधरीले पनि माओवादी केन्द्र परित्याग गर्दै एमालेमा प्रवेश गरेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*