सेयर बजारमा दोहोरो अंकको गिरावट

हेटौंडा खबर
१० चैत्र २०७८, बिहीबार १६:५९

साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा गिरावट कायमै देखिएको छ। बिहीबार पनि नेप्से सूचक १६ अंकले घटेको छ। आज नेप्से सूचक  १६.६९ अंकले घटेर २६१३.६७ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि ६.१७ अंकले घटेको छ।

आज नेप्से सूचक घटे पनि कारोबार रकम भने बढेको छ। बुधबार २ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा बिहीबार कारोबार रकम ३ अर्ब आथि पुगेको छ। बिहीबार ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८२४ रुपैयाँ बराबरको ५२ लाख ९८ हजार ५४३ कित्ता शेयर कारोबार भएको छ।

आज राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने इमर्जीङ नेपालको ९.९९ प्रतिशत, यसनाइटेड इदी मर्दिको ९.९३ प्रतिशत,ग्रिन लाइफ हाइड्रोपावरको ७.५३ प्रतिशत रलाइफ इन्स्योरेन्स कर्पोरेशनको ५.५९ प्रतिशतले बढेको छ।

यसैगरी बिहीबार नेपाल फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ४.६७ प्रतिशतले घटेको छ भने सामलिङ्ग पावरको ४.६५ प्रतिशत, माउन्टेन हाइड्रोको ४.१६ प्रतिशत, मैलुङ्ग खोला हाइड्रोपावरको ४.०७ प्रतिशत र सिनर्जी पावरको ३.९४ प्रतिशतले घटेको छ।जीवन बिकास लघुवित्त र दुरसञ्चार कम्पनीको लाभांश वितरणको लागि आइतबार बुकक्लोज गर्ने भएकोले बिहीबार सबैभन्दा धेरै शेयर कारोबारको भएको छ।

यस दिन जीवन विकास लघुवित्तको ३० करोड ६३ लाख र नेपाल दुरसञ्चार कम्पनीको २३ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने लाइफ इन्स्योरेन्स कर्पोशेशनको ११ करोड ३१ लाख, अपि पावरको १० करोड ३३ लाख र गुराँश लाइफ इन्स्योरेन्सको ८ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*