पल शाहको मुद्दामा बहस जारी, आजै आदेश आउन सक्ने

हेटौंडा खबर
१० चैत्र २०७८, बिहीबार १७:०८

नाबालिग गायिकालाई ललाइफकाई बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहविरुद्धको मुद्दामा आज आदेश आउन सक्ने जनाइएको छ । जिल्ला अदालत तनहुँका श्रेष्तेदार मिनबहादुर कुँवरका अनुसार सम्भवतः आज आदेश दिइने छ ।

शाहविरुद्धको मुद्दामा अहिले पनि बहस जारी छ । पीडित नाबालिगको तर्फको बहस भने हिजो नै गरिएको थियो । ‘आज बेलुकासम्म बहस सकिन सक्छ, आदेश के हुन्छ हेरौं । बहस चलिरहेको छ,’ कुँवरले भने ।

सोमबार मात्र प्रहरीले अनुसन्धान सरकारी वकिल कार्यालयमा पेश गरेको थियो । उनीमाथि अनुसन्धान सकिएकाले रायसहित मिसिल वकिल कार्यालय पुर्याइएको हो । बलात्कारको उजुरी परेको केही दिनपछि आफैँ तनहुँ प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका शाहलाई प्रहरीले दुई चोटि म्याद थपेर अनुसन्धान गरेको थियो । शाहमाथि विभिन्न प्रलोभनमा पारेर नाबालिगलाई बलात्कार गरेको उजुरी उनीमाथि छ ।

पीडित नाबालिगको तर्फबाट उनका बाबुले तनहुँ प्रहरीमा उजुरी दिएका थिए । नवलपरासीमा यसअघि नै उनीविरुद्ध मुद्दा दर्ता भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*