चुनावी रणनीति बनाउन कांग्रेस केन्द्रीय समितिको बैठक शुरू

हेटौंडा खबर
११ चैत्र २०७८, शुक्रबार १६:००

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक शुरू भएको छ ।

कांग्रेस बैठकले स्थानीय तहको चुनावमा गठबन्धन बनाउने कि नबनाउने भन्ने विषयमा औपचारिक निर्णय लिने सम्भावना छ ।यस्तै आजैको बैठकले चुनावमा टिकट बाँड्ने संसदीय बोर्ड गठन गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले तीनवटै तहको चुनावमा तालमेल गर्ने बताउँदै आएका छन् । बिहीवार मात्र तनहुँमा देउवाले चुनावी तालमेल हुने बताएका थिए । यसैबीच, नेविसंघ र तरुण दलको अध्यक्ष नियुक्त गर्ने देउवाको निर्णयमा असन्तुष्ट कार्यकर्ताले सानेपामा विरोध प्रदर्शन गरेका छन् ।

केन्द्रीय समिति बैठकअघि नेविसंघ र तरुण दलका कार्यकर्ताले पार्टी कार्यालयबाहिर नाराबाजी गरेका थिए । डा. शेखर कोइराला समूहले पनि नियुक्तिका सम्बन्धमा आधिकारिक रूपमा असन्तुष्टि जनाउने तयारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*