देउवा र कोइरालाबीच बालुवाटारमा भेट

हेटौंडा खबर
११ चैत्र २०७८, शुक्रबार १६:१०

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच आधा घण्टा छलफल भएको हो ।

उनीहरुबीच पार्टीको केन्द्रीय कमिटी बैठक अघि भेटवार्ता भएको हो । भेटमा कोइरालाले साथीहरुले समानान्तर कमिटी बनाउन दबाब दिइरहेको देउवालाई जानकारी गराएका थिए । देउवाले आफूले सवैलाई मिलाएर अघि बढ्ने बताएको कोइरालाका सहयोगी दिनेश थपलियाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*