काङ्ग्रेस मुख्यालयमा प्रधानमन्त्री देउवाविरुद्ध नारावाजी

हेटौंडा खबर
११ चैत्र २०७८, शुक्रबार १६:१९

नेपाली काँग्रेसको केन्द्रीय कार्यालय बाहिर प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाविरुद्ध नारावाजी भएको छ । भातृ संगठनका अध्यक्ष चयनप्रति असन्तुष्ट शेखर कोइराला समूहका कार्यकर्ताले सभापति देउवा विरुद्ध नाराबाजी गरेका हुन्।

नेपाल विद्यार्थी संघ र तरुण दलमा अध्यक्ष नियुक्तिमा देउवाले एकलौटी गरेको भन्दै प्ले कार्डसहित प्रदर्शनमा उत्रेकाहरुले चर्को नाराबाजी गरेका छन् । केन्द्रीय समितिको बैठक सुरु हुनुअघि सानेपास्थित केन्द्रिय कार्यालयमा नारावाजीसहित प्रदर्शन भएको हो ।गत बुधवार सभापति देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेपछि असन्तुष्ट शेखर कोइराला समूहका विद्यार्थी नेताहरू विरोधमा उत्रिएका हुन् ।

प्रदर्शनका क्रममा उनीहरुले ‘पार्टी शेरबहादुर देउवाको बपौति होइन’, विधान सम्मत पूर्ण कमिटी घोषणा गर !’, ‘समान अवसर र न्यायका लागि हाम्रो अभियान’ लेखिएका प्लेकार्ड देखाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*