पेट्रोलियम पदार्थको मुल्यवृद्धि

हेटौंडा खबर
११ चैत्र २०७८, शुक्रबार १६:३६

पछिल्लो समय भारतमा पेट्रोल र डिजेलको मूल्य निरन्तर बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिको असर नेपालमा पनि परिरहेको छ ।
दिल्लीमा पेट्रोल र डिजेलको मूल्य ८० पैसा प्रतिलिटर बढाएको छ । शुक्रबार भारतीय आयल मार्केटिङ कम्पनीले मूल्य बढाएका हुन् । गत चार दिनमा पेट्रोल र डिजेलको मूल्य २.४० रूपैयाँले बढेको छ ।

मूल्य बढेपछि राजधानी दिल्लीमा पेट्रोल ९७.८१ भारु र डिजेल ८९.०१ प्रतिलिटर पुगेको छ । मुम्बईमा पेट्रोल ८४ पैसाले बढेको छ ।साथै नयाँ मूल्य प्रतिलिटर ११२.५१ रुपैयाँ भएको छ । भारतका प्रत्येक राज्यमा स्थानीय करको दर फरक फरक भएका कारण त्यहाँ पेट्रोलियम पदार्थको मूल्य राज्यअनुसार छुट्टाछुटै हुन्छ ।

मुडिज इन्भेष्टर्स सर्भिसले बिहीबारको एक रिपोर्टमा भनिएको छ, ‘भारतका प्रमुख तेल कम्पनीहरु आइओसी, बिपिसिएल र एचपिसिएलले नोभेम्बर र मार्चको सुरुमा कच्चा तेलको मूल्यमा वृद्धि भए पनि पेट्रोल र डिजेलको मूल्य बढ्न दिएका थिएनन् । जसका कारण कम्पनीहरुले करिब २ अर्ब २५ करोड अमेरिकी डलर घाटा बेहोरिरहेका छन् ।’पछिल्लो समय भारतमा पेट्रोलियम पदार्थको मूल्य बढ्दै जाँदा नेपालमा पनि मूल्य बढ्दै गएको छ ।

त्यसकारण शुक्रवार भारतीय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा पनि नेपाल आयल निगमले मूल्य बढाउन सक्ने आँकलन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*