नेपाललाई पाँचौं झट्का

हेटौंडा खबर
११ चैत्र २०७८, शुक्रबार १६:४१

पपुवा न्युगिनी (पिएनजी)विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गतकाे पहिलाे खेलमा नेपालले पाँचौं विकेट गुमाएकाे छ ।

आरिफ शेखलाई व्यक्तिगत ३४ रनमा गुमाएकाे हाे । ६४ बलकाे सामना गरेका उनले २ चाैका प्रहार गरे ।

आरिफलाई ३५.१ ओभरमा असद भालाले कट एन्ड बाेल्ड गराएका हुन् ।

आरिफ र राेहितकुमार पाैडेलले पाँचौं विकेटका लागि १०४ रनकाे शतकीय साझेदारी गरेका थिए ।

याे एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालकाे तर्फतबाट कुनै पनि विकेटका लागि भएकाे सबैभन्दा ठूलाे साझेदारी हाे ।

यसअघि राेहितकुमार र आरिफले नै पाँचौं विकेटका लागि गरेकाे १०० रनकाे साझेदारी नेपालका लागि सर्वाधिक थियाे ।

यसअघि नेपालले कुशल भुर्तेललाई ३२, दिपेन्द्रसिंह ऐरीलाई १५, अनिल शाहलाई ६ तथा सिनियर टाेलीका लागि अन्तर्राष्ट्रिय डेब्यु गरिरहेका देव खनाललाई शून्य रनमा गुमाएकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published.


*