नेविसंघको अध्यक्ष नियुक्तिको विरोधमा चैत १४ गते तरुण विद्यार्थी भेलाको आयोजना

हेटौंडा खबर
११ चैत्र २०७८, शुक्रबार १७:१५

नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनप्रति असन्तुष्टी राख्दै डा.शेखर कोइराला समुहले अलग भेलाको आह्वान गरेका छन् ।

कोइराला समुहले तरुण विद्यार्थी भेला चैत १४ गते दिउँसो १ बजे अनुपमफुड्ल्याण्डमा बोलाएको हो ।प्रधानमन्त्री तथा शेरबहादुर देउवाले एकलौटी रूपमा नेविसंघ र तरुण दलको सभापति मनोनीत गरेको भन्दै कोइराला पक्षका विद्याथीहरु आज पार्टी केन्द्रीय कार्यालयमा आज नाराबाजी समेत गरेका थिए ।

१४ गते हुने भेलामा नेविसंघका पूर्व अध्यक्षदेखि देशैभरका प्रतिनिधिहरू उपस्थित हुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*