हेटौंडाको हुप्रचौरमा भ्युटावर सहितको बहुउद्देश्यीय भवन, मेयर महतद्वारा शिलान्यास

हेटौंडा खबर
११ चैत्र २०७८, शुक्रबार १७:४१

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ हुप्राचौरमा निर्माण सुरु भएको बहुउद्देश्यीय भवनको शिलान्यास गरिएको छ ।

४७ करोड ९३ लाख ७२ हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको ११ तले भवनमा भ्यूटावर सहितको बहुउद्देश्यीय भवनको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले शिलान्यास गरेका हुन् ।

कार्यक्रममा बोल्दै मेयर महतले चुनावी घोषणापत्र अनुसारनै भवन निर्माण गर्न लागिएको बताए । ११ तले भवनमा सबै भन्दा मुनी दुई तलाको अण्डरग्राउण्ड, चारतिरबाट लिफ्ट, दुइवटा भ¥याङ, सबै भन्दा माथी भ्यूटावर निर्माण गरिने उपमहानगरपालिकाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*