पल शाह तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत जाने

हेटौंडा खबर
११ चैत्र २०७८, शुक्रबार १८:०३

नाबालिग गायिकालाई बलात्कार गरेको अभियोग लागेका नायक पल शाह तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत जाने भएका छन्।

जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउन बिहीबार आदेश दिएपछि उच्च अदालत पोखरामा पुनरावेदन गर्न लागेको शाहका कानुन व्यवसायीले बताएका छन्।

जिल्ला अदालत तनहुँले पललाई पुर्पक्षका लागि थुनामा पठाउने र अर्का प्रतिवादी कृष्ण जोशीलाई १ लाख धरौटीमा छोड्ने आदेश दिएको थियो।

अदालतको आदेशविरुद्ध चित्त नबुझेकाले उच्च अदालतमा पोखरामा मुद्दा पुनरावेदन गर्ने तयारी गरिएको शाहका कानुन व्यवसायी भानुभक्त सुवेदीले उकेरालाइ बताए।

उनले भने, ‘शाहका विरुद्धको मुद्दामा तनहुँ जिल्ला अदालतबाट बिहीबार भएको अदेशमा चित्त नबुझेकाले उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेका छौं। भोलि शनिबार परेकाले सार्वजनिक बिदा हुन्छ। दुई/चार दिनभित्र मुद्दा पुनरावेदन हुन्छ।’

यसमा तपाइको मत

Your email address will not be published.


*