मकवानपुर प्रहरीद्वारा अफिम र बन्दुकसहित एकजना पक्राउ

हेटौंडा खबर
११ चैत्र २०७८, शुक्रबार १७:४९

मकवानपुर प्रहरीले लागूऔषध अफिम जस्तो देखिने पदार्थ र भरुवा बन्दुक सहित एकजनालाई पक्राउ गरेको छ ।

बिहिबार साझ बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र अस्थायी प्रहरी पोष्ट धादिङ्ग मकवानपुरबाट खटिएको प्रहरी टोलिले मकवानपुरगढी गाउँपालिका वडा नं। ५ बस्ने वर्ष ५२ को डिल बहादुर गोङ्वाले आफ्नो घरभित्र लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध अफिम जस्तो देखिने पदार्थ ७५ ग्राम, लागूऔषध गाँजा ७०० ग्राम र एक नाले भरुवा बन्दुक फेला फेला पारेको प्रहरीले जनाएको छ ।

अफिम जस्तो देखिने पदार्थ, लागूऔषध गाँजा र भरुवा बन्दुक सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको क्मकवान्पुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*