एमाले अध्यक्ष ओली र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

हेटौंडा खबर
१३ चैत्र २०७८, आईतवार १२:०१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच आज बिहान होटल मेरियटमा भेटवार्ता भएको हो । भेटवार्तामा एमाले उपाध्यक्ष वरिष्ठ ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, विदेश मामिला प्रमुख राजन भट्टराईलगायत नेताहरू पनि सहभागी छन् ।

यसअघि विदेशमन्त्री वाङले शीतल निवासमा राष्ट्रपति भण्डारीलाई पनि भेटेका थिए ।उनले राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्ने तालिका छ ।विदेशमन्त्री वाङ आजै स्वदेश फर्कने छन् । उनले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गरेका थिए ।

उनले परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेट गरेका थिए । खड्कासँगको भेटमा नेपाल–चीनबीच विभिन्न ९ वटा समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*