राष्ट्रपति भण्डारी र चीनका विदेशमन्त्री यीबीच शिष्टचार भेट

हेटौंडा खबर
१३ चैत्र २०७८, आईतवार १२:११

चीनको राज्यपरिषद्का सदस्य एवम्  विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारी शिष्टाचार भेटवार्ता गरेका छन् । आइतबार बिहान शीतल निवासमा विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

तीनदिने भ्रमणमा रहेका वाङले आजै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डलाई भेट्ने कार्यक्रम छ । शनिबार नेपाल र चीनबीच ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको थियो । उनले शनिबारै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*