प्रचण्ड-गृहमन्त्रीबीच भेटवार्ता

हेटौंडा खबर
१३ चैत्र २०७८, आईतवार १२:२५

सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधान मन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएकाे छ । उनीहरूबीच प्रचण्डनिवास खुमलटारमा भेटवार्ता भएकाे हाे ।

उनीहरूबीच समसामयिक राजनीतिक विषय, स्थानीय निर्वाचनलगायतका विषयमा छलफल भएकाे प्रचण्ड सचिवालयले जनाएकाे छ । यस्तै शान्ति सुरक्षाका विषयमा पनि छलफल भएकाे छ । खाँणले नजिकिँदै गरेकाे स्थानीय निर्वाचनमा कसरी शान्ति सुरक्षा कायम गर्न सकिन्छ भनेर जिज्ञासा राखेका थिए । त्यसमा प्रचण्डले सुझावसहित आफ्नाे धारणा राखेका थिए ।

यस्तै उनीहरूबीच स्थानीय निर्वाचनमा सत्ता गठबन्धन चुनावी तालमेल गरेर अगाडि बढ्ने विषयमा कुराकानी भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*