कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरू

हेटौंडा खबर
१३ चैत्र २०७८, आईतवार १२:५०

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबार बसेको छ । सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको तयारी र संसदीय समिति गठनबारे छलफल गर्न बैठक बोलाएका हुन् ।

सानेपा स्थित केन्द्रीय कार्यालयमा दोस्रो दिनको बैठक सुरु भएको केन्द्रीय सदस्य दिनेश काेइरालाले जानकारी दिए ।शुक्रबारदेखि सुरू भएको बैठकमा चुनावी अभियानका लागि ७७ वटै जिल्लामा खटिएका केन्द्रीय नेताहरूले जिल्लाको वस्तुगत अवस्थाको रिपोर्टिङ गर्ने क्रम चलिरहेको छ ।

त्यसक्रममा चुनावमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा नेताहरूले फरक फरक मत राखिरहेका छन् । शुक्रबार २१ जिल्लामा खटिएका नेताहरूले धारणा राखेका थिए ।आइतबार बाँकी रहेका ५६ जिल्लामा खटिएका केन्द्रीय नेताहरूले धारणा राख्ने क्रम रहेको छ ।

बैठकमा सभापति देउवाले आसन्न चुनावमा गठबन्धन गर्ने प्रस्ताव गरेका छन् भने नेताहरूले गठबन्धन गरेपनि त्यसबारे केन्द्रबाट निर्णय गर्न नमिल्ने तर्क प्रस्तुत गरेका छन् । नेता शेखर कोइराला पक्षले भने गठबन्धन गर्न नहुने दाबी गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*