आइतबार अन्तिम मतदाता नामावली प्रकाशन

हेटौंडा खबर
१३ चैत्र २०७८, आईतवार १३:०८

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७९ का लागि मतदाता नामावलीको अन्तिम सूची आइतबार प्रकाशन गर्दै छ । मतदाता नामावलीमा दाबी विरोधपछि मतदानका लागि योग्य मतदाताको सूची आयोगले प्रकाशन गर्न लागेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिब एक करोड ७७ लाखभन्दा बढी मतदाताले मतदान गर्न पाउने जानकारी दिनुुभयो । दाबी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेको अनुमान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*