पेट्रोल र डिजेलको मूल्य ६ दिनमा पाँचपटक बढ्यो

हेटौंडा खबर
१३ चैत्र २०७८, आईतवार १३:४४

भारतमा ६ दिनमा पाँचौँ पटक पेट्रोल तथा डिजेलको मूल्य बढेको छ । आइतबार पेट्रोलमा प्रतिलिटर मूल्य भारु ५० पैसा र डिजेलमा प्रतिलिटर ५५ पैसा बढेको छ ।

यससँगै दिल्लीमा पेट्रोल प्रतिलिटर मूल्य भारु ९९ दशमलव ११ पैसा भएको छ ।त्यस्तै, डिजेल प्रति लिटर मूल्य भारु ९० दशमलव ४२ पैसा पुगेको छ । यसअघि पेट्रोल प्रतिलिटर भारु ९८ दशमलव ६१ र डिजेल प्रति लिटर भारु ८९ दशमलव ८७ थियो ।

मूल्य दर देशभर बढेको छ र स्थानीय करका आधारमा राज्यअनुसार मूल्य फरक फरक छ । पछिल्लोपटक २२ मार्चमा मूल्य वृद्धि भएको थियो । यसअघि, चारै पटक प्रतिलिटर पेट्रोल तथा डिजेलमा ८० पैसा बढाइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*