मोदीले देउवालाई दिए भारत भ्रमणको निम्तो

हेटौंडा खबर
१४ चैत्र २०७८, सोमबार १४:२०

प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणको निम्ता दिएका छन् । प्रधानमन्त्री बनेपछि देउवा पहिलो पटक भारतको औपचारिक भ्रमणमा जाने भएका हुन्।

मोदीको निमन्त्रणा स्वीकार गर्दै देउवा श्रीमती आरजु राणासहितको टोली लिएर चैत १८ गते नयाँ दिल्ली प्रस्थान गर्नेछन्। प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच चैत १९ गते शनिवार भेटवार्ता हुनेछ।

भ्रमणको क्रममा  प्रधानमन्त्री देउवा मोदीको निर्वाचन क्षेत्र  बनारस पनि भ्रमण गर्ने छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*