टस हारेको नेपालले पहिले ब्याटिङ गर्ने

हेटौंडा खबर
१४ चैत्र २०७८, सोमबार १४:४६

नेपालले त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध पहिलो ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर नेपालले ब्याटिङ गर्न लागेको हो । पीएनजीका कप्तान असाद भालाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङ गर्ने भएका हुन् ।

यसअघि नेपाल पीएसनजीविरुद्ध दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा २–० ले पराजित भएको थियो । नेपालका कप्तान सन्दीप लामिछानेले घरेलु मैदानमा पहिलो पटक ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तानी गर्दैछन् ।

नेपाली टिमः 
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, आसिफ शेख (विकेटकिपर), करण केसी, अबिनाष बोहरा, लोकेश बम, कुशल मल्ल र रोहितकुमार पौडेल ।

यसमा तपाइको मत

Your email address will not be published.


*