हेटौंडामा तेक्वान्दोको कभर्ड हल उद्घाटन

हेटौंडा खबर
१४ चैत्र २०७८, सोमबार १५:०१

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ पारिजातपथमा निर्माण भएको सुबिधा सम्पन्न बहुउदेश्यीय कबर्डहलको आज उद्घाटन गरिएको छ ।

बहुउदेश्यीय कबर्डहलको उद्घाटन गर्दै उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले हेटौंडालाई खेलमय बनाउन लागिपरेको बताए। खेलक्षेत्रलाई सबैले माया गर्नुपर्ने बताए ।

हेटौंडाको पिप्ले रंगशाला र यस कबर्डहल निर्माणका अधुरा काम पुरा गर्नका लागि उपमहानगरपालिकाले आगामी बजेटमा पनि संबोधन गर्ने बताए।

हेटौंडामा खेलक्षेत्रका धेरै पूर्वाधार निर्माणको कामसंगै खेलाडी उत्पादनको काम भएको मेयर महतको भनाई छ । कार्यक्रममा हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देलले पाँच वर्षमा उपमहानगरपालिकामा खेलकुदका धेरै काम भएको बताए ।

उनले खेलकुदका धेरै संरचना नगरमा निर्माण गरिएको बताए ।समाजसेवि पुरनबहादुर जोशीले अहिलेको मेयरले खेलकुदलाई धेरै प्राथमिकता दिएर काम गरेको बताए । खेलक्षेत्रका अधुरा काम सम्पन्न गर्नका लागि मेयरमा हरिबोलनै दोहोरीनुपर्ने जोशीको सुझाब छ । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीले खेलकुदका क्षेत्रमा राम्रा काम भएको बताए ।

कुल एक करोड ४८ लाख रुपैयाँ लागतमा कबर्डहल,शौचालय, महिलाका लागि छुट्टै जिमक्लब निर्माण गरेको हो । बहुउदेश्यीय कबर्डहल निर्माणको काम सकिएको छ भने महिलाहरुका लागि भने जिम गर्नका लागि अहिले नयाँ बनिरहेको जिम क्लब समेत माथील्लो तलामा खेलाउने तयारी रहेको छ । छुट्टै उपभोक्ता समिति मार्फत काम भइरहेको छ । अहिले बनिरहेको नयाँ भवनमा बाहिरी जिल्ला टाढाबाट खेलाडी आएमा बस्नका लागि कोठा समेत निर्माणको काम भइरहेको छ ।

कबर्डहल भित्र तेक्वान्दो, बक्सिङ, कराते, उसु, कबड्डी, जुडो, ब्याडमिन्टन, टेबलटेनिस लगायतका खेल खेलाउन सकिने कबर्डहल निर्माण उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र ढकालले बताए । खेल खेलाउन मात्र होइन दर्शकलाई हेर्नका लागि पनि सुबिधा सम्पन्न प्याराफिट निर्माण गरिएको छ ।

प्याराफिटमा बसेर सजिलैसंग खेल हेर्न पाएपछी खेलप्रेमी युवाहरु औधी खुसी भएको उनले बताए।कबर्डहल पहिले नहुँदा बन्द कोठामा गर्नुपर्ने एक दर्जन खेलहरु बाहिर चौरमा गर्नुपर्ने बाध्यता रहेको सुनाउँदै खेलप्रेमी युवा तथा कबर्डहल निर्माण उपभोक्ता समितिका अध्यक्ष ढकाल भने:‘पहिले इन्डोरगेमहरु गर्नुपर्दा धेरै समस्या बेहोर्यौ तर अहिले निकै सहज समेत भएको छ । धेरै खेलहरु अहिले यही हलभित्र हुने गरेको छ । दर्शकहरु पनि सहज रुपमा प्याराफिटमा बसेर खेल हेर्न पाएका छन् ।’

कबर्डहलमा दुइतिर गरेर एकै पटक पाँच सय दर्शक प्याराफिटमा बसेर खेल हेर्न सक्नेछन् । बक्सिङ र करातेका खेलाडीका लागि यही हलमा तालिम समेत दिइसकेको छ । १३ औं दक्षिण एसीयाली खेलकुदमा सहभागि हुने खेलाडीका लागि बन्द प्रशिक्षण समेत गरिएको ढकालले जानकारी दिए ।

यसैगरि आजै,हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ कर्रामा तेक्वान्दो कर्वडहलको उद्घाटन् गरिएको छ । उपमहानगरपालिकाको पूर्ण लगानीमा कवर्डहल निर्माण गरिएको हो ।

तेक्वान्दो कर्वडहलको उद्घाटन गर्दै उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले खेलकुदका संरचना निर्माण गर्नका लागि पाँच वर्षमा धेरै काम गरिएको बताए। मकवानपुर सहित देशभरीका तेक्वान्दो खेलाडीहरुका लागि यो संरचनाले खेलक्षेत्र अगाडी बढाउन सहज हुने बताए ।तेक्वान्दो संघका अध्यक्ष लालकाजी रत्न बर्जाचार्यले यस भवन निर्माण गर्नका लागि उपमहानगरपालिकाले गरेको सहयोगको चर्चा गरेका थिए। कार्यक्रममा हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देल, नगरखेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही, विभिन्न खेलकुद क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*