सम्हालिन नसकेको नेपाली टिमले पीएनजीलाई दियो प्रतिस्पर्धात्मक लक्ष्य

हेटौंडा खबर
१४ चैत्र २०७८, सोमबार १५:१०

नेपालले पाहुना टिम पपुवा न्युगिनीलाई १८४ रनको लक्ष्य प्रस्तुत गर्दा आशिफ शेखले नेपालका लागि सर्वाधिक रन बनाएका छन्।

कीर्तिपुरको टियू क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी २० क्रिकेटको उद्घाटन खेलमा नेपालले पूरा ओभर खेल्दै नौ विकेटको क्षतिमा १८३ रन बनाउँदा आशिफले ४३ रन बनाए।

नेपालले पहिलो १० ओभरमा सानदार प्रदर्शन गरे पनि पछिको १० ओरमा सम्हालिएर खेल्न सकेन। खेलको आधा ओभर सकिँदा नेपालले एक विकेट गुमाएर ८६ रन बनाएको थियो। त्यो अवस्थामा नेपालले २०० को आसपासमा रन बनाउने संकत गर्दथ्र्यो। त्यसमाथि मैदानमा जमिरहेका थिए रोहित पौडेल आशिफ शेख।

नेपाली क्रिकेटमा यि दुवै खेलाडी आक्रामक ब्याटर हुन्। त्यस्तै, नेपाली क्रिकेटमा हार्ड हिटरका रुपमा चिनिने गरेका लोकेश बम, कुशल मल्ल र करण केसी ब्याटिङ लाइनमा नै थिए। घरेलु मैदानमा टी २० क्रिकेटका आक्रामक ओपनर कुशल भुर्तेल भने ११ बलमा २० रन बनाएर आउट भइसकेका थिए।

खेलको १२ औं ओभरको दोस्रो बलमा नेपालले दोस्रो ओपनर गुमायो। तर यो समयमा रोहित र आशिफले ८० रनको साझेदारी गरिसकेका थिए। विकेटकिपर अस्साद भालाको हातबाट अलेइ नाओले क्याचआउट गराउनुअघि आशिफले ३३ बलमा ४३ रन बनाइसकेका थिए।

उनले त्यो रन पाँच चौका र एक छक्काको सहयोगमा सम्भव भएको थियो। आशिफ आउट भएपछि रोहित पनि मैदानमा टिकेनन्। १३ औं ओभरको पहिलो बलमै चाड सुपरले रोहितलाई आउट गराए। आउट हुनुअघि उनले ३४ रन भने बनाइसकेका थिए।

त्यसपछि मैदानमा दिपेन्द्र र आरिफ शेखको साझेदारी एक ओभर मात्र टिक्न सक्यो। १४ औं ओभरमा सुरुको दुई बल वाइड गरेका चाल्सले अर्को बलमा अस्साद भालाबाट दिपेन्द्रलाई क्याचआउटछ गराए।

‘अपडाउन’ भइरहेको दिपेन्द्रको ब्याटिङ यो इनिङमा चार रनमै समेटियो। चार बलमा ११ रन बनाएका कुशल मल्ल पनि १५ औं ओभरको तेस्रो बलमा रिलेय हेकुरेबाट बोल्ड आउट भएपछि नेपाल १४ ओभर तीन बलमा पाँच विकेट गुमाएर १२९ रन बनाएको कमजोर अवस्थामा पुगिसकेको थियो।नेपालले बीचको पाँच ओभरमा पाँच विकेट गुमाएको थियो। नेपालले १२ औं, १३ औं, १४ औं र १५ ओभरमा लगातार एकएक विकेट गुमाएपछि घरेलु टिम कमजोर अवस्थामा पुग्यो। तर विकेट झर्ने क्रम रोकिएन। १६ औं ओभरको तेस्रो बलमा लोकेश बम चार बलमा पाँच रन बनाएर आउट भए।

दोस्रो विकेट गुमाउँदा १०४ रन बनाएको नेपाली टिमले छैटौं विकेट गुमाउँदा १३४ रन मात्र बनाउन सक्यो। त्यसपछि करण केसीले दुई छक्का प्रहार गरेर केहि आशा देखाए पनि टिक्न चाहिँ सकेनन्। र, नेपालले १८ ओभरमा अर्को विकेट गुमायो। करणलाई अलेई नाओले आउट गराउँदा उनको खातामा १४ रन थियो। त्यसपछि मैदानमा आएको सोमपाल कामी पनि टिकन सकेनन्।

पीएनजीका लागि चार्ल अमिनी, चाड सुपर र अलेई नाओले समान २–२ विकेट लिए भने नोर्मम वाउना र रिलेय हेकुरेले समान १–१ विकेट लिए भने कुशल रनआउट भए।

नेपाली टिमः

सन्दिप लामिछाने, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, सागर ढकाल, कमल सिंह ऐरी, आसिफ शेख, करण केसी, अभिनाष बोहरा, विवेक यादव, दिदिप नाथ, लोकश बम, कुशल मल्ल, आदिल अन्सारी र रोहित पौडेल

यसमा तपाइको मत

Your email address will not be published.


*